|

गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका-१ का ५२ वर्षीय एक पुरुष जेठ ११ गते भारतबाट आएर शारदा माध्यमिक विद्यालयकोको क्वारेन्टाइनमा बसे।

क्वारेन्टाइनमा बसेका उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आयो। स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो। तर रिपोर्ट नआउँदै उनलाई असार १५ गते परीक्षण रिपोर्ट नेगेटिभ आएको भनी घर पठाइयो। उनी घर फर्केर परिवारका सदस्य र छिमेकीहरुसँग घुलमिल भए।

यसरी, रिपोर्ट नै नआई नेगेटिभ देखिएको भनी घर पठाइएको २ दिनपछि अर्थात असार १७ गते उनी लगायत चन्द्रकोट गाउँपालिकाका तीन जनाको पिसिआर रिर्पोट पोजेटिभ आयो।

१८ दिनमा बल्ल रिपोर्ट

जेठ ३१ गते लिएको स्वाबको रिपोर्ट १८ दिनमा आएको छ। उनको स्वाब जेठ ३१ गते संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही पठाइएको थियो।

संक्रमितमा कुनै लक्षण नदेखिएकाले अरुमा नसर्ने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। 

स्थानीय त्रस्त ! 

संक्रमित व्यक्ति गाउँमै आएर सबैसँग घुलमिल भएपछि आफूहरू निकै त्रासमा रहेको स्थानीय रामप्रसाद सापकोटाले बताए ।

गाउँपालिकाले हचुवाको भरमा परीक्षण नतिजा नेगेटिभ आएको भन्दै संक्रमतिलाई घर पठाउँदा समुदायमा समेत कोरोना फैलिन सक्ने भएकाले त्रास छाएको उनी बताउँछन्। 

संक्रमितलाई हचुवाको भरमा गाउँ पठाई नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको आरोप लगाएका छन्। रिपोर्ट नआउँदै 'नेगेटिभ आयो' भनेर घर पठाएर गाउँपालिकाले गम्भीर खेलबाड गरेको भन्दै खुला पत्रसमेत लेखेका छन्। 

'केही लक्षण देखिएन घर पठायौँ '

यता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले उनीमा केही लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमा बस्नेगरी घरमा पठाएको दाबी गरे।

पछिल्लो पटक संघीय सरकारले जारी गरेको निर्देशिकाअनुसार नै लक्षण नदेखिएकाहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नेगरी पठाएको भन्दै उनले हल्लाको पछि नलाग्न समेत आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.