|

काठमाडौं :  निर्देशक तथा कलाकार दीपाश्री निरौलाले नायक राजेश हमालका फ्यानसँग माफी मागेकी छन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘राजेश हमाल महानायक हो र? भन्ने जवाफ दिएपछि हमालका फ्यानहरु उनीसँग भड्किएका थिए।

उनले फेसबुकमा स्टाटस लेख्दै हमाललाई 'सुपरस्टार' नै होइनन् भन्ने हैसियत आफ्नो नभएको उल्लेख गरेकी छन्।

चर्को आलोचना भएपछि उनले फ्यानहरुसँग माफी माग्दै लेखेकी छन्, 'काठमाडौंमा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएँ कि म सामान्य कलाकार हुँ। मेरो विगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिँदैन, म यो क्षेत्रमा ३० वर्षदेखि छु। टुप्पोबाट पलाएको पनि छैन।'

'हमाल सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुने उनले बताएकी छन्। तर हमालले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मल्हम पनि लगाउन सक्नुपर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान् नै बनाउने पक्षमा आफू नरहेको उनले बताइन्।

 'मेरो अभिव्यक्ति ले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा भने म सबै हमालज्यूको फ्यानहरूसँग माफी माग्छु। भविष्यमा अन्तर्वार्ता दिँदा पत्रकारको आशय र उसको उद्देश्य बुझेर शब्द संयोजनमा सचेत भएर जवाफ दिने कोसिस गर्नेछु।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.