|

दाङ :  दाङमा यस वर्ष करिब ३७० सय हेक्टर जमिन र बस्ती सयौँ घरपरिवार खोलाको जोमिखबाट संरक्षण हुने भएको छ। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तुलसीपुर दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा ६ वटा नदी तथा खोला व्‍यवस्थापनमा क्रमागत रुपमा काम भइरहेको हुँदा हाल यस वर्ष ३७०  हेक्टर जमिन र करिब विभिन्‍न बस्ती संरक्षण हुने कार्यालयका प्रमुख गणेश मरासेनीले बताए।

चालु आर्थिक वर्षमा क्रमागत रुपमा बहुला खोला, तुलसीपुरको पातुखोला, घोराहीको सवार गुज्रे खोला, देउखुरी क्षेत्रमा दोलाई खोला, कक्रवा खोला र सिक्रवा खोलाको प्रदेश सरकार र संघीय सरकारको अनुदानबाट काम भइरहेको समेत उनले बताए। कार्यालय जिल्लामा मझौला खालका नदि ब्यवस्थापन र सिंचाई योजनामा काम गर्दै आईरहेको समेत प्रमुख मरासेनीले बताए। संघीय सरकारको सशर्त अनुदानअन्‍तर्गत देउखुरी क्षेत्रका  दोलाई खोला, कक्रवा खोला र सिक्रवा खोला ब्यवस्थापन कार्य भईरहेको उनले बताए । त्यसैगरी  तुलसीपुरको पातुखोला, पश्चिम दाङको बहुला खोला र घोराहीको सवार गुज्रे खोलामा ब्यवस्थापनमा प्रदेश सरकारको  अनुदान तर्फबाट भईरहेको समेत  उनले बताए।

३ हजार हेक्टर खेतीयोग्य जमिन र ३५ सय घरधुरी संरक्षण हुने

आगामी आर्थिक बर्षमा यि सबै योजना पुरा हुनेर त्यसबाट करिब ३ हजार हेक्टर खेती योग्य जमिन र ३५ सय घरधुरी संरक्षण हुने प्रमुख मरासेनीले बताए।  पश्चिम दाङको बहुला खोलाले सबै भन्दा बढी खेतीयोग्य जमिन कटाए गरेकाले त्यहाँ धेरै जमिन सुरक्षित हुने र तुलसीपुरको पातुखोलामा बजार क्षेत्र भएकाले धेरै बस्ती सुरक्षित हुने उनको भनाइ छ। पातुखोलामा ३ किलोमिटर तटबन्ध गर्नको लागि १९ करोड ९६ लाख ९ हजारको अनुमानित लागत भएता पनि अहिले सम्म २ किलो मिटर १० करोडको लागतमा सम्पन्न भएको र आगामी वर्ष यो काम पूरा हुने र यसमा कुल १३ करोड लागत लाग्ने उनले बताए।

यो योजना सम्पन्न भए ४९५ घरपरिवार सुरक्षित हुने र अहिले निर्माण सम्पन्न भएको कामले  ३७० घरधुरी सुरक्षित रहेको उनले बताए। त्यसैगरी दाङको देउखुरी क्षेत्रको  दोलाई खोला ब्यवस्थापन यस आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य भएता पनि लकडाउनका कारण अहिले सम्म करिब ८५ प्रतिशत काम सम्पन्न भएको र आगामी आर्थिक बर्षमा त्यो योजना पुरा हुने कार्यालय प्रमुख मरासेनीले बताए।  साढे ११ किलोमिटरमा तटबन्ध गर्नको लागी सम्झौता रकम करिब ७० करोड भएता पनि  करिब ४० करोडमा उक्त काम सम्पन्न हुने  र अहिले सम्म ३३ करोड भन्दा बढि खर्च भएको उनले बताए।

त्यसैगरी देउखुरी क्षेत्रमा खोला तबन्ध सम्पन्न भएपछि करिब १७५० हेक्टर जमिन र हजारौँ बस्तीहरु सुरक्षित रहेन समेत उनले बताए। दाङमा कुल खेती योग्य जमिन ६९ हजार ५ सय हेक्टर  भएता पनि  ६५ हजार ५ सयमा खेती हुदै आएको छ। त्यस मध्य ५८ हजार ८६२ हेक्टरमा सिंचाई उपलब्ध भएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङले जनाएको छ।

त्यसैगरी कार्यालयले चालु आर्थिक बर्षमा ३० वटा क्रमागत रुपमा कार्यान्वयमा रहेका र ति योजनाहरु सम्पन्न भएपछि थप ६ हजार हेक्टरमा सिंचाई पुग्ने जसको लागत ६० करोड रहेको प्रमुख मरासेनीले बताए। ति योजना मध्य ७ वटा योजना चालु आर्थिक  बर्षसम्म सम्पन्न हुने  र बाँकी आगामी आर्थिक बर्षमा हुनेसमेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.