|
फाइल फाेटाे

काठमाडौं  ः पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईले नेकपाको विवादले संसद र लोकतन्त्रलाई हानी गर्ने खतरा बढेको बताएका छन्। सरकारले आज चालु अधिवेशन अन्त्य गर्ने घोषणा गरेसँगै डा.भट्टराई यस्तो बताएका हुन। 

‘कुनै कुनै प्राणीलाई घ्यू पच्दैन रे, हाम्रा कमरेडहरूलाई पनि दुईतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो।’

उनले त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र गुम्न नदिन सबैलाई खबरदारी गर्न पनि आह्वान गरेका छन। ‘सबै सजग रहौं र खबरदारी गरौं( यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्’ उनले लेखेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.