|

सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेनटाइनमा बसेका ६९ जना भागेका छन्। नगरपालिकाको वडा न २ स्थित आधारभूत विद्यालय लाहाघाटको क्वारेनटाइनमा बसेका उनीहरु बिहीबार दिउँसो भागेका नगरपालिकाले जनाएको छ । 
स्वाब संकलन गरेको एक हप्तामा पनि रिपोर्ट नआएको तथा लामो समयदेखि क्वारेनटाइनमा बस्नुपरेको भन्दै उनीहरुले सुरक्षाकर्मीलाई ढुंगा मुढा गरेका थिए। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखरेलका अनुसार गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरुको १४ दिनपछि आरडिटी गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो । 

पुनः असार १२ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरु भागेका पोखरेलले बताए। कर्णाली प्रदेशको पिसिआर मेसिन बिग्रिएको र स्वाब नेपालगन्ज पठाइएको थियो। एक दुई दिनभित्रमा रिपोर्ट आउने भन्दै उनीहरुलाई विश्वस्त तुल्याउन खोज्दा पनि नमानेका र भागेका उनको भनाइ छ। क्वारेनटाइनमा बसेका सबै भागेसँगै गाउँमा भने त्रास छाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.