|

काठमाडाैं : गायक तथा मोडल दुर्गेश थापाको ‘बीच्च बीच्च २’ को सिक्‍वेल (एउटा फोटो खिच)’ सार्वजनिक भएको छ। अघिल्लो वर्षको तीजमा ‘बीच्च बीच्च’मा गीत ल्याएका थापाले यस वर्षको तीज अगाडि फेरि यसकै सिक्‍वेल ल्याएका हुन्। 

यसपटक कोरोना महामारीका कारण भएको आर्थिक संकटलाई गीतमा प्रस्तुत गरिएको छ। गीतमा अघिल्लो वर्षकै तीजको साडी लगाएर फोटो खिच्न आग्रह गरेका छन्। यसपटकको तीजलाई उनले ‘माछा माछा भ्यागुतो’को संज्ञा दिएका छन्। गीतमा दुर्गेश, राम खत्री र राजन कार्कीको शब्द तथा दुर्गेशकै संगीत छ।

गीतको भिडियोमा दुर्गेशसँगै जीवन सहनी, जीबी चिरन, सारिका केसी, दिपाशा बीसी, अस्मिता जुरेली, टीका जैसी, सबिता राई, एरी विष्ट, शिल्पा खड्काको अभिनय छ। भिडियो शिव विकको निर्देशनमा तयार पारिएको हो।

https://youtu.be/JnGQqc55Wkc
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.