|
फाइल फोटो

काभ्रे : कोरोना भाइरस संक्रमित भनिएको बनेपा नगरपालिका–१० की २४ वर्षीया युवतीको कोरोना रिपोर्ट नेगेटिभ भएको खुलेको छ। धुलिखेल सामुदायिक अस्पालले गलत रिपोर्ट दिँदा अर्कै व्यक्तिको कोरोना रिपोर्ट ती युवतीमा परेको खुलास भएको हो। 

अस्पतालले एउटै नाम गरेकी अर्कै महिलाको पोजेटिभ आएको रिपोर्ट दिएपछि उनलाई थप उपचारका लागि आइसोलेसनमा राखिएको थियो। तर, वास्ताविक पिसिआर पोजेटिभ आएको महिलालाई भने अस्पातलले दिएको नेगेटिभ रिपोर्टको आधारमा नगरपालिकाले १४ दिन क्वारेन्टाइनमा राखी घर पठाएको थिए।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाको अनुसार नगरपालिकाले बुडोलस्थित बनाएको क्वारेन्टाइनमा बसेकी उनकोे आरडिटी शंकास्पद देखिएपछि पिसिआर गरिएको थियो । उनी गत २९ जेठमा कुवेतबाट फर्किएकी हुन् । 

अस्पतालद्वारा गल्ती स्वीकार

धुलिखेल सामुदायिक अस्पतालले कोरोना रिपोर्ट गलत दिएको स्वीकार गरेको छ। 

अस्पतालका सूचना अधिकारी दिपक दाहालले दुवैजनाको नाम र उमेर एउटै रहेको हुँदा गलत रिपोर्ट पुगेको बता । ‘दुवै जनाको नाम र उमेर एउटै भएको हुँदा झुक्किएर ल्याबका कर्मचारीले अर्कैको रिपोर्ट पठाइदिएछ,’ सूचना अधिकारी दाहालले भने, ‘संक्रमितको ठेगाना यकिन नगर्दा यस्तो गल्ती भएको हो।’

उनले आगामी दिनमा गल्ती नदोहोर्याउन कर्मचारीलाई सचेत गराएकोसमेत बताए।

संक्रमितको परिवार क्वारेन्टाइनमा

संक्रमित महिलाको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालले गलत रिपोर्ट दिएपछि घर पठाइएको संक्रमित महिला परिवारसँग घुलमिल भएपछि उनका परिवारका ६ जनालाई क्वारेन्टाइनमा राखिएको हो।

क्वारेन्टाइनमा राखिएका ६ जनाको अहिले कन्ट्रयाक्ट टे«सिङ गरिएको काभ्रेका प्रमुख डा. झाले बताए ।

पटक–पटक गल्ती

जिल्लामा कोरोना संक्रमितको रिपोर्टमा पटक–पटक गल्ती भइरहेको छ । यसअघि पाँचखाल नगरपालिकाका एक युवकलाई कोरोनाको रिपोर्ट नेगेटिभ भन्दै घर पठाएको थियो। तर, युवक घर फर्किएको भोलिपल्ट नै पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। 

युवकलाई कारोना पोजेटिभ देखिएपछि तत्काल उनको परिवारलाई क्वारेन्टाइनमा राखी घर पठाएका थिए । 

कहाँ कति संक्रमित ?

काभ्रेमा संक्रमितको संख्या नौ पुगेको छ। जसमा पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाका तीन÷तीन जना रहेका छन्। 

त्यस्तै, बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका एक÷एक जना रहेको छ। उनीहरुमध्ये ६ जनाले कोरोनालाई जितेर घर फर्किसकेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.