|

गुल्मी : पहिरोले गोठ बगाउँदा गुल्मीमा १८ महिने बालकको मृत्यु भएको छ। इश्मा गाउँपालिका–१ हस्तिचौरको मल्दीमा बिहीबार राति पहिरोले गोठ बगाउँदा वसन्त सारुका १८ महिने छोरा सिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए।

यस्तै, सोही ठाउँमा पहिरोका कारण अन्दाजी २७ वर्षीया ईश्वरी खत्री घाइते भएको र उनकी सात वर्षीया छोरी बेपत्ता रहेको पन्थले जानकारी दिए। घटना स्थलमा प्रहरीको टोली जाँदै गरेकाले बिस्तृत बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.