|

काठमाडौ :  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाका लागि आग्रह गरेका छन्। 

उनले पार्टी चुलिदै गएको विवाद समाधान गर्नका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्,  कमरेडहरु हो! यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ–आफ्नो ठाँउबाट भुमिका खेलौं’ देश र जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं।’

 

पार्टी एकताको रक्षा गरेर क्रान्तिकारी रूपान्तरणको निम्ति आ–आफ्नो ठाउँबाट भुमिका खेल्न समेत आग्रह गरेका छन्। पार्टी एकतामा आएको समस्या समाधान नभएमा देश र जनतालाई धोका हुने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार १४ गते नेपाल–भारत सीमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति बनिरहेको बताएका थिए। त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा ओली परेका छन्। 

यतिबेला सचिवालय र स्थायी कमिटीको बैठकमा समेत ओली अल्पमतमा देखिएका छन्। स्थायी कमिटीमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेता, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत दाहाल(नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। 

प्रधानमन्त्री ओलीले बिहीबार संसद अधिवेशन अन्त्य गरेपछि पार्टीको विवाद झन् बढेको छ। प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर पार्टी विभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेको दाहाल नेपाल समुहले आरोप छ। पार्टी भित्रको विवादको कारणले जारी स्थायी कमिटीको बैठक समेत स्थगित गरेर विवाद समाधानमा जुटेका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आज निर्णायक वार्ता हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.