संक्रमण बढेसँगै कडा लकडाउन हुन सक्ने

|

काठमाडौं :  देशभर कोरोना भाइरस ( कोभिड १९)  संक्रमण बढ्दै जादा पछिल्लो समय काठमाडौं उपत्यकामा पनि भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। कोरोना संक्रमण दर मोफसलमा भन्दा न्यून रहेको काठमाडौं उपत्यकामा पहिलो पटक स्थानीय संक्रमण देखा परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार पछिल्लो समय उपत्यकाको तीन जिल्लामा ३२ जना संक्रमित भेटिएका थिए। बिहीबार त्रिवि शिक्षण अस्पतालकै प्रयोगशालामा काठमाडौंका १७ महिला र ११ पुरुषमा समेत संक्रमण भएको थियो।

यो संख्या कोरोना संक्रमण शुरु भएयता उपत्यकामा एकै दिन देखिएको सबैभन्दा बढी संख्या रहेको छ।  तर यो संक्रमित काठमाडौँ उपत्यकाको कुन स्थानमा देखिएको हो  बाहिरबाट आएकाहरुमा हो कि स्थानीयमा? त्यो विवरण सार्वजनिक नहुँदा सर्वसाधारणमा अन्योल र त्रास उत्पन्‍न भएको छ ।

मन्त्रालयका अनुसार क्‍वारेन्टाइनमा बसेका र केही अस्पतालमा उपचाररत व्यक्ति रहेको भने केही बानेश्‍वर, केही कीर्तिपुर, केही बूढानीलकण्ठ ठेगाना लेखिएको स्थानिय रहेको  बताइएको छ।

विहीबार संक्रमित देखिएकामा एकजना नेपाल मेडिकल कलेजमा सुत्केरी भएकी महिला छिन्। सडक दुर्घटनामा परी ह्याम्स अस्पतालमा उपचार गराएका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

खुट्टा भाँचिएको एक व्यक्ति त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् उनमा पनि कोरोना देखिएको छ । यस्तै सिन्धुपाल्चोकबाट उपचारका लागि ह्याम्सका आएका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । ह्याम्समै हाउसकिपिङको रुपमा कार्यरत २ जनामा पनि संक्रमण देखिएको छ अमेरिकाबाट आई होटल क्वारेन्टाइनमा बसेका ३ जनामा पनि संक्रमण देखिएको बताए ।

छाउनी अस्पतालको आइसोलेसनमा रहेका ३ जनामा पनि संक्रमण देखियो । दुवईबाट आएका २ जना, कतारबाट आएका १ जना, साउदीबाट आएका २ जना, बहराइनबाट आएका एक जना, माल्दिभ्सबाट आएका एकजना, बंगलादेशबाट आएका एक जनामा पनि संक्रमण देखिएको छ। उपत्यका बाहिरबाट  पीसीआर परीक्षण गराएका आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्थानीयमा पनि संक्रमण

असार १५ गते  पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका एक जना २ बर्षीय बालकमा कोरोना संक्रमण देखा परेको थियो तर उनमा ट्राभल हिस्ट्री नरहेको पाइएको हो। बिरामी भएर शल्यक्रिया गर्न पर्ने अवस्था भएपछि पीसीआर गर्दा कोरोना देखियो बताइएको छ।

यस्तै केही दिन अघि तीनकुनेकी ३४ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको थियो। उनी असार १ मा उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल गएकी थिइन्। त्यहाँ शंका लागेपछि उनको नमुना लिएर परीक्षण गर्दा कोरोना देखिएको थियो। उनको पनि ट्राभल हिस्ट्री नरहेको पाइएको बताइन्छ।

उपत्यकामा देखिएका संक्रमित मध्ये हालसम्म देखिएका संक्रमितमध्ये १२ जनाको संक्रमण को र कहाँबाट सरेको भनी हालसम्म पुष्टि नभएको बताइन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हाल उपत्यकामा भेटिएका केही संक्रमितहरुको ट्राभल हिस्ट्री नरहेका र यहीँका स्थानीय बासिन्दा रहेको बताउँछन्। उनले भने, ‘उपत्यकाका केही संक्रमितमा ट्राभल हिस्ट्री पाइएको छैन। तर देखिएका धेरै संक्रमित बाहिरबाट आउनु भएको र क्‍वारेन्टाइनमा रहेका हुनुहुन्छ।'

सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट मानिस उपत्यका छिर्नेको संख्या पनि बढ्न थालेको छ। जसले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण जोखिम बढ्न सक्ने विज्ञहरुले बताउँदै आएका छन्।

विज्ञहरुको चेतावनीसँगै काठमाडौं उपत्यकामा फेरि कडा लकडाउन हुन सक्नेछ। विश्‍वका विभिन्‍न देशमा पनि एकचोटी लकडाउन भएर खुकुलो बनाएपछि संक्रमण फैलिँदा कडा लकडाउन गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.