|

गुल्मी : धुर्कोट गाउँपालिका-६ रजस्थललाई शून्य होम डेलिभरी र खरका छानामुक्त वडा घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडालाई शून्य होम डेलिभरीसँगै खरका छानामुक्त वडा भएको घोषणा गरेका हुन्। शून्य होम डेलिभरीको लागि आवश्यक सबै मापदण्ड पूरा भएपछि वडालाई शून्य होम डेलिभरी वडा घोषणा गरिएको हो। त्यसका लागि आवश्यक जनशक्ति, स्वास्थ्य सामग्री, मेसिन तथा औजार–उपकरण लगायतका सबै आवश्यक सामग्री धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा रहेकोले वडालाई शून्य होम डेलिभरी वडा घोषणा गरिएको हो।

यस्तै, वडाभित्रका कुल एक सय ३५ घरमा खरको छानो हटाई टिनको छानो लगाएसँगै रजस्थल खरका छानामुक्त वडा घोषणा भएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोखरेलले रजस्थलमा सुविधासम्पन्न अस्पताल बन्ने बताए। 

गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले प्रसूति सेवाको लागि निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराएको जानकारी दिए। यस अगाडि गुल्मीको मालिका गाउँपालिकालाई खरका छानमुक्त वडा घोषण गरिएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.