समाज

गुल्मी पहिरो : घाइतेलाई हेलीबाट काठमाडौं लगियो

असार १९, २०७७

    गुल्मी : इश्माको पहिरोमा परी घाइते भएकाहरुलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ। पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज विष्टको पहलमा घाइतेहरुलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको हो।

    इश्मा गाउँपालिका-१ हस्तिचौरकोमल्दीमा गएको पहिरोमा परी घाइते भएका २७ वर्षीया ईश्वरी खत्री, ६४ वर्षीया टीका खत्री, २५ वर्षिया वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीलाई उपचारका लागि  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज‍ पठाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

    पहिरोमा परी वसन्त सारुका १८ महिने सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी  छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ। यस्तै, मुसिकोट नगरपालिका वडा-२ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पसल पहिरोले बगाउँदा अन्दाजी ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]