|

काठमाडौं : बलात्कार र हत्या गरेको आरोप लागेका रामबहादुर बम्जनविरूद्ध विभिन्‍न अभियोगमा मुद्दा चलेको छ। उनीमाथि बलात्कार अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। यौन सन्तुष्टि प्राप्तिका लागि बाल यौन शोषणको अभियोगमा उनीसहित तीनजनाको नाममा मुद्दा दर्ता गरिएको सर्लाही जिल्ला अदालतले जनाएको छ।

रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको सर्लाही जिल्ला अदालतका श्रेष्तेदार शिवहरि पौडेलले जानकारी दिए। उनले भने,'राम बहादुर बम्जन भन्‍ने रामलाल बम्जनलाई १२ देखि १४ वर्ष सम्मको कैद सजाय माग गरेर मुद्दा दायर गरिएको छ।'

उनीसँगै अन्य दुई जना उनको सहयोगिको नाममा मुद्दा दर्ता गरेको उनले जानकारी दिए। महात्मा गुरु ज्ञान कुमार बम्जन, जेपी गुरु जीत बहादुर तामाङलाई ६ वर्षको कैद माग गरिएको उनले प्रष्ट पारे। तीनै जना अभियोगमा रहेर फरार रहेकालाई पक्राउ पुर्जी जारी गरिने उनले बताए।

बम्जनले सर्लाहीको आश्रममा हुँदा आफूमाथि बलात्कार गरेको भन्दै गंगामाया तामाङले माघमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न गएपनि प्रहरी र, सीआईबी टोलीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन।  प्रहरीले बम्जनको आश्रममा पटक पटक छापा मार्दा पनि उनलाई नियन्त्रणमा लिन नसकी खाली हात फर्किसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.