|

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट प्रदेश ५ मा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म प्रदेश ५ मा ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ। मन्त्रालयका अनुसार बागमतीमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ जनाको मृत्यु भएको छ। प्रदेश २ मा ४, कर्णालीमा ४ र गण्डकीमा ३ जनाको मृत्यु भएको हो।

प्रदेश १ कोरोना संक्रमित ६ सय ७४ छन्। जसमा २ सय ७४ उपचारार्थ छन भने ४ सय जना डिस्चार्ज भइसकेका छन्। प्रदेश २ मा ३ हजार ९ सय ९५ संक्रमित जसमा २ हजार १ सय २४ उपचार गराइरहेका र १ हजार ८ सय ६७ डिस्चार्ज भएका छन्।

बाग्मती प्रदेशमा कोरोना संक्रमित ५ सय ७ छन्। जसमध्ये ३ सय १६ उपचारार्थ छने १ सय ८५ डिस्चार्ज भइसकेका छन्। गण्डकी प्रदेशमा १ हजार १ सय १८ कोरोना संक्रमितमध्ये ९ सय १ उपचार गराइरहेका र २ सय १४ डिस्चार्ज भइसकेका छन्।

प्रदेश ५ मा ३ हजार ८ सय ९१ संक्रमित छन्। जसमध्ये २ हजार १ सय ५७ उपचारार्थ र १ हजार ७ सय २५ छन्। कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ कोरोना संक्रमित छन्। जसमध्ये ४ सय ६३ उपचार गराइरहेका र १ हजार ७२ जना डिस्चार्ज भइसकेका छन्।

सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ कोरोना संक्रमित छन्। जसमध्ये २ हजार ८ सय ४९ उपचार गराइरहेको र ६ सय ८० डिस्चार्ज भइसकेका छन्। नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ। आइसोलेसनमा ९ हजार ८४ जनाले उपचार गराइरहेका छन्। ६ हजार १ सय ४३ जना डिस्चार्ज र ३२ जनाको मृत्यु भइसकेको छ।

यस्तै, शुक्रबार राति गोरखा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  यस मृत्युलाई भने स्वास्थ्‍य मन्त्रालयले पुष्टि गर्न बाँकी छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.