|

डडेल्धुरा : बझाङको केदास्युँ गाउँपालिका-८, मल्लेसीमा गएराती बस्ती नै बगाउने गरी चलेको पहिरोमा हराइरहेका ७ जना स्थानीयको खोजी भइरहेको छ। 

पहिरोले बस्तीका १७ घर बगाएको छ। हेर्दा निकै माथिबाट खसेको पहिरो बस्तीको बीचमै परेको देखिन्छ। 

उद्धारका लागि प्रहरी टोली मलेसीतर्फ गएको छ। तर अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेको र पहिरोले बाटो पनि बगाएको स्थानीयले जानकारी दिएका छन्।

सिंगो बस्ती नै पहिरोको चपेटामा परेको र करिब तीन दर्जन घरहरू रहेको बस्तीमा पहिरो चलेको बताइएको छ।

पहिरो गएको स्थानमा पुग्न जयपृथ्वी राजमार्गबाट झण्डै पाँच घन्टा उकालो चढ्नुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.