समाज

दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्धार

असार २०, २०७७

    अर्घाखाँची : चार महिनादेखि भारतको दिल्लीमा अलपत्र रहेका ६ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ। शान्ति पुनर्स्थापना गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा  ती महिलाको उद्दार  गरिएको हो।

    उद्दार गरिनेमा मोरङका क्रमश ४०, ४०,३२ र २७ वर्षीय महिला गरी ४ जना, झापा र पर्वत जिल्लाका २६ र ४१ वर्षीय एक/एकजना  गरी ६ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। २०७६ साल फाल्गुन २९ गते निशुल्क कुवेत र इरान पठाउने बहानामा नेपालगन्ज भन्सार नाका हुदै भारतको दिल्ली कुरारी जोरदा भन्ने स्थानमा लगेर दलालहरूले यातना दिँदै ती महिलाहरूलाई राख्दै आएको खुलेको छ।

    त्यहाँका  स्थानीयले संकास्पद रूपमा महिला लाई देख्दा शान्ति पुनर्स्थापना गृहका  क्षेत्रीय संयोजक भूमिराज भट्टराईलाई सम्पर्क गरेर जानकारी गराएका थिए। भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्थाका अध्यक्ष बाबु रोका मगरको  विशेष सहयोगमा ५ दिन अगाडि नै उद्धार गरि शनिबार कृष्णनगर भन्सार नाका हुदै शान्ति पुनर्स्थापना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगरको पहलमा नेपाल ल्याइएको हो।

    भारतको दिल्लीबाट उद्धार गरेर नेपाल ल्याइएका महिलाहरु लाई शान्ति पुनर्स्थापना गृहमार्फत मानव वेचविखनको केन्द्रीय व्युरोमा  थप अनुसन्धानको लागि पठाउने तयारी भईरहेको शान्ति पुर्नस्थापना गृह कपिलवस्तु संस्थाकी जिल्ला संयोजक निशा पन्थीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]