|

रौतहट : देशमै सबैभन्दा बढी कोरोना संक्रमितको रुपमा परिचित रौहतटमा शनिबारसम्म १ हजारभन्दा बढी व्‍यक्ति कोरोना मुक्त भएर घर फर्किएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबारसम्म १ हजार २२ जना कोरोना मुक्त भएर घर फर्किएका हुन्। रौतहटमा पछिल्लो तथ्यांकअनुसार १ हजार १ सय ९२ जनामा कोरोना संक्रमित भएको देखिन्छ। रौतहटका विभिन्न आइसोलेसनमा अब १५ जना महिलासहित १ सय ७० जना मात्रै कोरोना संक्रमित छन्।

सबैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइएको गौर अस्पतालका मेसु डा.कृष्ण साहले जानकारी दिएका छन्।

हालसम्म १३ हजार ३ सय स्वाब परीक्षण गरेको र अझै ८ सय ३० जनाको रिपोर्ट आउन बाँकी रहेको सो तथ्यांकमा उल्लेख गरिएको छ। अझै ५९ महिलासहित ४ सय ३७ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा भारत तथा विभिन्न देशबाट आएका नेपाली नागरिक बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.