वामदेवजी जिम्मेवारीबाट चुक्नुभयो, संगठनको काम भएन

|

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दोस्रो तहका नेताहरुले पार्टीभित्रको विवाद समाधानतर्फ अघि बढेको दाबी गरेका छन् । शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच करिब तीन घण्टा लामो छलफलले पार्टीको विवाद समाधान उन्मुख देखिएको उनीहरुले दाबी गरेका हुन्। शुक्रबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई मंसिर ४ को सहमतिअनुसार अघि बढ्न प्रस्ताव गरेपछि प्रचण्डले परिस्थिति धेरै अगाडि बढिसकेकाले मंसिर ४ को सहमतिअनुसार अघि बढ्न नसकिने धारणा राखेका थिए। त्यो सहमतिमा ओलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी चलाउने उल्लेख छ। तर दुई अध्यक्षबीचको शक्ति संघर्ष समाधान हुने छाँट देखिएको छैन। यसै सन्दर्भमा थाहाकर्मी जगत भण्डारीले ओली पक्षका नेता केशव बडालसँग संक्षिप्त कुराकानी गरेका छन्।

ओली-दाहाल छलफल सकरात्मक दिशामा अघि बढेको हो? 

दुई अध्यक्षबीच निकै लामो छलफल भएको छ। छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई मंसिर ४ को सहमतिअनुसार अघि बढौँ भन्‍नुभएको छ। उहाँले तत्काल मान्न सकिदैन भन्‍ने जवाफ दिनुभएको छ। तर मंसिर ४ को सहमति मानेर अघि बढ्नुको विकल्प छैन। प्रचण्डजीलाई पनि घेराबन्दी छ, उहाँलाई सर्लक्कै मान्‍न पनि उहाँका वरिपरिका केही मान्छेले रोकेका हुन सक्छन्। हिजोका एमालेतर्फका साथीहरुले पनि जोड दिनुभएको होला। तर त्यसरी जानु हुँदैन, अहिले यताउती गर्नु भनेको धेरै कुरा बिगार्नु हो। त्यसले पार्टी एकताको प्रोसेन नै गडबड हुने खतरा हुन्छ। 

त्यसो भए ओलीले दुवै पदबाट राजीनामा नदिएरै विवाद समाधानतिर जाला र? 

२००७ सालदेखि अहिलेसम्म ५ वर्ष लामो सरकार चलेको छैन। जनताले स्थिर सरकारका लागि मत दिएका हुन्। त्यसैले बीचमै प्रधानमन्त्री फेर्न हुदैन। बरु उहाँ (प्रधानमन्त्री) ले पनि आफुलाई फराकिलो बनाएर अगाडि बढ्नुपर्छ। सचिवालयले गरेर केही हुँदैन भन्‍ने त थाहा भइहाल्यो। दुई अध्यक्ष बसेर मन्त्रिपरिषद्‍मा कोहि थप्नुपर्ने भए थपेर अघि बढ्न सकिन्छ। प्रधानमन्त्रीले महाधिवेशनपछि म उठ्दिन भनिसक्नु भएकाले नयाँ अध्यक्ष को हुने हो तयार हुनुपर्यो। अहिले बीचमै हटाउनुहुँदैन। अहिले नयाँ विकल्प खोज्नु हुँदैन। पार्टी एकतालाई कमजोर हुन दिनु हुँदैन। अहिले बहुमत अल्पमतको कुरा गर्नुहुँदैन भन्‍ने एकता गर्दाखेरीकै समझदारी हो। तर अहिले प्रधानमन्त्री र अध्यक्ष फेर्न सकिँदैन। 

पूर्व सहमतिबाहेक केही नहुने हो भने नेकपामा बेला-बेलामा यस्तो रडाको किन मच्चिन्छ त? 

दुई अध्यक्षबीच निकै लामो छलफल भएको छ। छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई मंसिर ४ को सहमतिअनुसार अघि बढौँ भन्‍नुभएको छ। उहाँले तत्काल मान्न सकिदैन भन्‍ने जवाफ दिनुभएको छ। तर मंसिर ४ को सहमति मानेर अघि बढ्नुको विकल्प छैन। प्रचण्डजीलाई पनि घेराबन्दी छ, उहाँलाई सर्लक्कै मान्‍न पनि उहाँका वरिपरिका केही मान्छेले रोकेका हुन सक्छन्। हिजोका एमालेतर्फका साथीहरुले पनि जोड दिनुभएको होला। तर त्यसरी जानु हुँदैन, अहिले यताउती गर्नु भनेको धेरै कुरा बिगार्नु हो।

एकता गर्दाको सहमतिमा महाधिवेशनसम्म कुनै समस्या पर्दा दुवै अध्यक्षले आपसी छलफल गरेर अघि बढ्ने भन्‍ने छ। एकता महाधिवेशन जेठमा सक्नुपर्ने थियो। त्यसपछि केन्द्रिय कमिटी बैठकले चैत २५–२९ सम्म महाधिवेशन गर्ने भनेको छ। मंसिरमा अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मा दिएको हो। तर अहिले संस्था नवीकरण, पार्टी कमिटी परिचालन लगायतका काम प्रायः भएकै छैनन्। ती काम अघि बढाउनुपर्यो।

आफ्नो जिम्मा पूरा गर्नुपर्यो अनि अरुको पनि आलोचना गर्नुपर्यो। वामदेव कमरेडले मलाई उपाध्यक्ष बनाउनुपर्यो भन्‍नुभयो, संगठन विभाग पनि चाहियो भन्‍नुभयो। अनि उहाँलाई विधानमै नभएको व्यवस्था गरेर दुवै जिम्मेवारी दिइयो। यस अवधिमा संगठनको काम उहाँले कति गर्नुभयो? यही हलमा बसेको स्थायी कमिटी सदस्य कति जनाले पार्टी सदस्यता नवीकरण गरेका छौं? भनेर मैले बैठकमै भनेँ। जेलभित्र बस्दा पनि सदस्यता शुल्क र लेबी तिर्ने गरेर बनेको पार्टी हो यो। त्यसले गर्दा नवीकरण भएको छ कि छैन, आफ्नो जिम्मेवारी पूरा नगरेर अर्काको आलोचना गर्ने अधिकार कसैको पनि हुँदैन। हरेक वर्ष पार्टी सदस्यता नवीकरण हुनुपर्छ। मंसिर ४ मा जो–जसले जुन–जुन जिम्मेवारी लिनुभएको थियो, कसैले पनि पूरा नगरेका कारण यस्तो स्थिति आएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.