|
फाइल फोटो

काठमाडौं : कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका १८ हजार १९७ नेपाली नागरिकलाई स्वदेश फर्काइएको छ। शनिबार साँझसम्ममा विभिन्न २१ वटा मुलुकबाट यी नागरिकको उद्धार गरी नेपाल ल्याइएको कोरोना नियन्त्रण रोकथाम तथा व्यवस्थापन समितिले जनाएको छ।

 शनिबार मात्र विभिन्न ६ वटा मुलुक गरेर ९ सय भन्दा बढी नेपाली कामदारलाई ल्याइएको छ। साउदी अरबको दमामबाट १५४, साउदीकै रियादबाट १४४, साउदी अरेबियाबाट २४९, कुवेतबाट १५६, कुवेतबाटै अर्को विमानमा १५६ र कतारको दोहाबाट १२७ नेपालीलाई शनिबार स्वदेश फर्काइएको हो। विदेशबाट आएका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापनमा गरिएको 'होल्डिङ सेन्टर'मा लगिएको छ।

कोरोना नियन्त्रण रोकथाम व्यवस्थापन समितिका अनुसार विदेशबाट ल्याइएका सबैलाई  होल्डिङ सेन्टरमा राख्न व्यक्तिगत विवरण संकलन कार्य भइरहेको छ। स्वास्थ्य परीक्षण लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनमा पठाइने समितिले जानकारी दिएको छ।

नेपाल सरकारले अहिलेसम्म कुवेतबाट सबैभन्दा बढी तीन हजार ८३९ नेपाली नागरिकको उद्धार गरेको छ। युएईबाट तीन हजार १९२ र साउदी अरबबाट दुई हजार ५४९ जनालाई ल्याइएको हो।

विदेशबाट ल्याइएका नेपाली कामदार वागमती प्रदेशका सबैभन्दा बढी अर्थात पाँच हजार ८८०, प्रदेश १ का तीन हजार ५०३, प्रदेश ५ का दुई हजार ८९१, प्रदेश २ का दुई हजार ८१५, गण्डकी प्रदेशका दुई हजार २७८, सुदुर पश्चिमका ४४३ र कर्णाली प्रदेशका ३९५ रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.