|

बाग्लुङ :  ढोरपाटन नगरपालिका–४ को क्वारेन्टाइनमा बसेको एक युवकको मृत्यु भएको छ।

निसीखोला गाउँपालिका–२ देविस्थानका २९ वर्षीय ती युवकको शनिबार राति १२ बजे मृत्यु भएको वडाध्यक्ष तिलक पुनले जानकारी दिए। फोक्सोको रोगबाट पीडित युवक लकडाउनअघि भारतमा उपचारका लागि गएका थिए। उपचार सम्भव नभएर फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो।

पहिला उत्तरगंगा माविको क्वारेन्टाइनमा राखिएका ती युवकको अवस्था नाजुक भएपछि घर पठाइएको थियो। वडा कार्यालयले सूचना पाएपछि फेरि उनलाई खुंगाकै विद्यालयमा बनाइएको क्वारेन्टाइनमा सारिएको थियो। उनको अहिलेसम्म पिसिआर रिपोर्ट नआएको वडाध्यक्ष तिलक पुनले बताए। 

ती युवाको घरतर्फ बस्ने वातावरण नभएको भन्दै ससुराली रहेको ढोरपाटन नगरपालिका–४ मा पठाइएको थियो। ती युवकको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइए पनि रिपोर्ट आएको छैन। उनको घर परिवारका अन्य तीन .जनाको भने नेगेटिभ रिपोर्ट आएको छ। घटनाबारे जिल्लाका सरोवारवालाले आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.