|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जटिल बन्दै गएको शक्ति संघर्ष जटिल मोडमा पुगेको छ। यस्तो अवस्थामा आइतवार बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता सकारात्मक भएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन्। 

'बैठकमा पार्टीभित्र उठेका सबै बिषयमा छलफल भयो। तर, निर्णय हुन सकेको छैन', उनले भने, 'त्यस बिषयमा थप छलफलका लागि भोलि बिहान दुई अध्यक्षसहित बैठक बस्‍नेछ।'

आजको बैठकमा दुई अध्यक्षबीच खुलेर संवाद भएको उनले बताए। 'बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले खुलस्त कुरा राख्नुभएको थियो', उनले थपे, 'उहाँहरुको सहमतिमा नै भोलिका लागि वार्ता राखिएको छ। स्थायी कमिटी बैठक अघि नै सहमति जुटाउने प्रयासमा छौँ।'

आन्तरिक कलकको कारण नेकपा विभाजनको अवस्थामा पुगेको छ। यही विवाद समाधानका लागि ओली-दाहाल बैठक बसेको हो। बैठकमा ओलीपक्षबाट महासचिव बिष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल सहभागी थिए। दाहालपक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र बर्षमान पुन सहभागी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.