|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २९३  जना  कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइतबार २९३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। हिजो शनिबार देशभर २३२ जना संक्रमित थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन्। ४ सय ६९ जना डिस्चार्ज भएका छन्। यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन्।

बागमती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन्। प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन्।

१ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन्। कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ। क्रमशः १ हजार १ सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन्।

देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ। आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ। आजसम्म २ लाख ५१ हजार ७ जनाको परीक्षण भएको छ। यस्तै अहिले क्वारेन्टाइनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन्। ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टाइन बस्नु र जानुपूर्व अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ।

मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ। संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्राटुक्री देखिए पनि सर्ने खालको नभएको उहाँले बताउनुभयो। सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उनले बताए।

प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि गरेको बताउनुभयो। ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे। सरसफाइकर्मीलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.