|

काठमाडाैं : लकडाउनका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका १८ हजार बढी नेपालीलाई स्वदेश ल्याइएको छ। विदेशमा रहेका नेपालीलाई ल्याउन संयोजन गरिरहेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार शनिबारसम्म १८ हजार २ सय ९४ जना नेपाली स्वदेश फर्किएका छन्। 

यो अवधिमा १ सयभन्दा बढी उडान भएका छन्। अहिलेसम्ममा सबैभन्दा बढी कुवेत र युएईबाट नेपाली स्वदेश फर्किने धेरै रहेका सहसचिव घिमिरेले बताए। यसअघि सरकारले जुन अन्तिमसम्ममा १० हजार नेपालीको उद्धार गर्ने भने पनि लक्ष्यभन्दा बढी नेपालीलाई स्वदेश ल्याइएको उनले बताए। 

जुलाई १० तारिखसम्म उद्धारका लागि थप उडान तालिका तय गरिएको घिमिरेले जानकारी दिए। अहिलेसम्म उद्धारको काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए। आइतबार पनि विभिन्न मुलुकबाट पनि नेपालीको उद्धार जारी छ। 

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को तथ्यांकअनुसार उद्धार गरिएका केहीलाई प्रदेशदेखि स्थानीय तह तथा होटल क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ। 

सयभन्दा बढी शव पनि ल्याइयो 

उद्धारकै क्रममा सयभन्दा बढी संख्यामा विभिन्न मुलुकबाट शव ल्याइएको छ। अहिलेसम्ममा सबैभन्दा बढी कतारबाट ३४ वटा शव नेपाल आइपुगेका छन्। यस्तै मलेसियाबाट ३१, साउदी अरबबाट १८, कुवेतबाट ८  र अन्य मुलुकबाट पनि शव ल्याइएको सहसचिव घिमिरेले जानकारी दिए।

कुन देशबाट कति आए ?

अफ्गानस्थानबाट १८, अस्टे«लियाबाट ४ सय ८३, ओमानबाट ३ सय १३, कतारबाट १ हजार ९ सय ५७, म्यानमारबाट २६, कुवेतबाट ३ हजार ८ सय ३९, जापानबाट ४ सय ९२, थाइल्याण्डबाट ३ सय २६ जनालाई अहिलेसम्म उद्धार गरी नेपाल ल्याइएको छ। 

त्यस्तै दक्षिण कोरियाबाट २ सय २८, बंगलादेशबाट ८ सय ४१, मलेसियाबाट १ हजार ८ सय १०, माल्दिभ्सबाट  ७ सय ९, श्रीलंकाबाट ५, युएईबाट ३ हजार १ सय ९२, साउदी अरेबियाबाट २ हजार ५ सय ४९, सिंगापुरबाट  १ सय ४६ तथा हङकङ ८९ जनालाई उद्धार गरिएको छ। 

यसैगरी पाकिस्तानबाट ७२, बहराइनबाट ४ सय २०, अमेरिकाबाट ४ सय २३ र बेलायत २ सय २९ तथा इजरायलबाट १ सय २७ जनालाई पनि हालसम्म उद्धार गरिसकिएको मन्त्रालयले जनाएको छ। 

यसरी उद्धार गरिएकाको प्रदेशअनुसार तथ्यांक 

प्रदेश १ का ३ हजार ५ सय २९ 
प्रदेश २ का २ हजार ८ सय ३५ 
बाग्मती प्रदेशका ५ हजार ९ सय ७
गण्डकी प्रदेशका २ हजार २ सय ८१
प्रदेश ५ का २ हजार ९ सय १
कर्णाली प्रदेशका ३ सय ९७, 
सुदूरपश्चिम प्रदेशका ४ सय ४४ 

उद्धार गरिएकालाई होटल तथा होम क्वारेन्टाइनमा राखियो

विदेशबाट उद्धार गरिएकाहरूलाई विभिन्न होटल तथा क्वारेन्टाइनमा राखिएको छ। उद्धार गरिएकामध्ये करिब आधा संख्या मुलुकका विभिन्न सहरका ठूला होटलहरूमा बनाइएका क्वारेन्टाइनमा छन्। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशका विभिन्न सहरका ४८ वटा तारे होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको घिमिरेले जनाए। 

होम क्वारेन्टाइनमा कति ?

अहिलेसम्म विदेशबाट उद्धार गरिएकामध्ये २ हजार ३ सय ३३ जना होम क्वारेन्टाइनमा बस्ने सहमतिअनुसार घर गएका छन्। उद्धार गरिएकामध्ये १२ हजार १ सय ३८ जना प्रदेशको समन्वयमा विभिन्न प्रदेशमा पठाइएको छ। 

यसैगरी उद्धार गरिएकामध्ये ८ सय ९५ जना होटल तथा क्वारेन्टाइनमा छन्। २ हजार १ सय ८६ जना स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा छन्। ३८ जना अस्पतालमा उपचाररत 
बाहिरबाट ल्याइएका ३८ जना देशका विभिन्न अस्पतालमा उपचाररत छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.