ललितपुरमा २ जना र भक्तपुरमा एकजना भेटिए

|

काठमाडौं : संघीय राजधानी काठमाडौं विस्तारै कोरोना संक्रमणको जटिल मोडतर्फ प्रवेश गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। 

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार आइतवार काठमाडौंमा मात्रै २७ जना कोरोना संक्रमित भेटिएका हुन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जको पिसिआर ल्याबमा गरिएको परीक्षणबाट २१ जना संक्रमित भेटिएका गौतमले बताए। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना संक्रमित भेटिएका छन्। उनका अनुसार वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एकजना संक्रमित भेटिएका छन्। 

त्यसैगरी त्रिवि शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका दुईजनामा पनि संक्रमण भेटिएको छ। काठमाडौं उपत्यका यति धेरै संख्यामा पहिलो पटक संक्रमितहरु भेटिएका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.