|
फाइल फोटो

दैलेख : दैलेखमा कोभिड-१९ का संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। ११ वटा स्थानीय तह रहेको दैलेखमा आइतबारसम्म कोरोना पुष्टि भएका ७ सय ८६ जनामध्ये ७ सय ३ जना डिस्चार्ज भएका छन्।

स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारीअनुसार कोरोना संक्रमित ७ सय ८६ जना मध्ये ६ सय ५५ जना पुरुष र ४८ जना महिला डिस्चार्ज भएका छन्। ११ वटा स्थानीय तहमध्ये नारायण नगरपालिकाका २ सय ३९ संक्रमितमध्ये २ सय २३ जना डिस्चार्ज भएका छन्।

दुल्लु नगरपालिकाका ९२ जना संक्रमितमध्ये ७२ जना डिस्चार्ज भएका छन्। २१ जना कोरोना संक्रमित रहेको आठबिस नगरपालिकामा २० जना डिस्चार्ज भएका छन्। यस्तै, ४ जना कोरोनाका बिरामी रहेको ठाटिकाध गाउँपालिकामा ३ जना डिस्चार्ज भएका छन्।

यता, १७ जना कोरोनाका बिरामी रहेको भैरवी गाउँपालिकामा ५ जना डिस्चार्ज भएका छन्। १ सय ६६ जना कोरोनाका बिरामी रहेको महाबु गाउँपालिकामा १ सय ६३ जना डिस्चार्ज भएका छन्। नौमुले गाउँपालिकाका १ सय ४६ जना कोरोना संक्रमितमध्ये १ सय ३९ जना डिस्चार्ज भएका छन्।

भगवतीमाई गाउँपालिकाका १४ जना कोरोना संक्रमित मध्ये ४ जना डिस्चार्ज भएका छन्। ७२ जना कोरोना संक्रमीत फेला परेको डुंगेश्वर गाउँपालिकाका ६६ जना डिस्चार्ज भएका छन्। सुर्खेतसँग सिमाना जोडिएको गुराँस गाउँपालिकामा फेला परेका ९ जना संक्रमितमध्ये ८ जना डिस्चार्ज भएका छन्।

दैलेखमा कोरोना संक्रमणका कारण हालसम्म २ जनाले ज्यान गुमाइसकेका छन्। अहिले जिल्लामै पिसिआर मेसिनद्वारा कोरोना परीक्षण हुँदै आएको छ। दैलेखमा कोरोना संक्रमण पुष्टि हुने महिलाभन्दा पुरुषको संख्या धेरै रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.