|

सल्यान : सल्यानमा आइतबार थप पाँच जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन्। आइसोलेसनमा उपचार गराई रहेका दुई कर्मचारीसहित पाँच जनाले कोरोना जितेका हुन्। योसँगै सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या १ सय ५७ पुगेको छ। 

स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार लुहापिङ आइसोलेसनमा उपचार गराइरहेका दार्मा गाउँपालिकाका पाँच जनाको पछिल्लो स्वाबको रिपोर्ट नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ।

एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरुलाई घर पठाइएको हो। कोरोना भाइरसबाट निको भएका दुई जना दार्मा गाउँपालिकाका कर्मचारी हुन भने तीन जना भारतबाट आई क्वारेनटाइनमा बसेका नागरिक हुन्। 

सल्यान अस्पतालबाट ८ जना, आइसोलेसन कक्ष लुहापिङबाट १ सय २२, प्रदेश अस्पताल सुर्खेतबाट १३ र मिसन अस्पताल चौरजहारीबाट ११ जना निको भएर घर फर्कि सकेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। सल्यानमा हालसम्म २ सय ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.