|

काठमाडौं : यो वर्षको महिनाभरि लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित गरिएको छ। बोल बम कावरिया संघ, भोलेनाथ कावरिया संघ, ॐ बोलबम कावरिया संघ र श्री पशुपतिनाथ कावरिया संघले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएका हुन्। 

हिजो (शनिबार) असार २० गते को दिन बोल बम कावरिया संघको कार्यालयमा संघका अध्यक्ष श्री रामआज्ञा रौनियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

यसबारे सर्वसम्मतिले निर्णय भएको बोलबम काँवरिया संघका कार्यवाहक अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताले जानकारी दिए। कोरोनाकै कारण आफूहरुले यो मेला स्थगित गरेको गुप्ताले स्पष्ट पारे। 

पत्रकार सम्मेलनमा बोलबम कावरिया संघका अध्यक्ष रामआज्ञा रौनियार, उपाध्यक्ष उमेशकुमार चौधरी, भोलेनाथ काँवरिया संघका कोषाध्यक्ष नरेश तिवारी, ॐ बोलबम कावरिया संघका कोषाध्यष कन्हैयालाल ठाकुर र श्री पशुपतिनाथ काँवरिया संघका रामायण प्रसाद गुप्ता सहभागी थिए। उनीहरुले पनि कोरानाकै कारण आफूहरुले यो वर्षको श्रावणी मेला स्थगित गरेको जनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.