पार्टी कार्यालयमा प्लेकार्डसहित नाराबाजी

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेवि संघ)ले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाही माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ। 

नेवि संघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले पार्टी भित्र भ्रष्टाचार बढेको भन्दै छानविन गरी कारबाही गर्न माग गरेका हुन्। 

विद्यार्थी नेताहरुले विभिन्‍न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। उनीहरुले पार्टीभित्रको भ्रष्टाचार छानविन गर्न र भ्रष्ट नेतालाई कारवाही माग गर्दै नारासमेत लगाए। 

नेवि संघको वर्तमान कार्यसमितिको कार्यकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन माग गर्दै नेवि संघका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा विद्यार्थी नेताहरु सानेपा पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.