समाज

ललितपुरका पाँच स्थानमा आकाशेपुल बनाउन अध्ययन, कहाँ कहाँ बन्दै छन् ?

फाइल फोटो
असार २१, २०७७

    ललितपुर : ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल सुरु भएको छ। ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो। 

    ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल-वाग्मती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने योजना अघि बढाइएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए। 

    उनले भने, ‘हामीले चक्रपथका चार ठाउँ र बाग्मती पुलसम्म फ्लाइओभर निर्माण सम्भाव्यता अध्ययनको जिम्मा ग्रीड जेभीलाई दिएका छौं। महानगरपालिकाभित्र फ्लाइओभर निर्माण हुनु एक गौरवको कुरा हो।’
     
    अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर छिट्टै काम अघि बढाइनेछ ।  आकाशेपुल निर्माणले सडक दुर्घटना न्यूनीकरण र भद्रगोल ट्राफिक व्यवस्थापन गर्न सहज  हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। उनका अनुसार महानगरपालिकाले फ्लाइओभर गाइडलाइनसमेत तयार पारेको छ । ‘यो गाइडलाइन नेपालमा बनेको पहिलो गाइडलाइन हो’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]