|

अमेरिकाले दक्षिण चीन सागर (साउथ चाइना सी) मा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरेको छ। यो सँगै चीन र अमेरिकाबीच सो क्षेत्रलाई लिएर पुनः तनाव बढेको छ। 

६ वर्षपछि अमेरिकाले दक्षिण चीन सागरमा यस्तो जहाज परिचालन गरेको छ। दक्षिण चीन सागरलाई विभिन्न ६ देशले दावी गरिरहेपनि चीनको उपस्थिति बलियो छ। अमेरिकाले सो क्षेत्रबाट चीनलाई विस्थापन गर्न खोजिरहेको छ।

सीएनएनका अनुसार चीनको बलियो दावी र उपस्थितिलाई निस्तेज गर्न वासिङ्गगनले सो क्षेत्रमा व्यापक सैन्य तैनाथी बढाएको हो। चीनले पनि नौसैनिक अभ्यासका लागि सो क्षेत्रमा आवश्यक बन्दोबस्ती मिलाइसकेको छ। यस्तो स्थितिमा अमेरिकाले अत्याधुनिक लडाकु विमान र हतियारसहित नौसेनाको जहाज पठाउँदा सैन्य टकराव निम्तिने जोखिम देखिएको छ। 


दक्षिण चीन सागर (रातो घेरामा ।)

बेइजिङका सबै राज्यनियन्त्रित मिडियाहरुले दक्षिण चीन सागरमा अमेरिकी उपस्थिति हटाउन एकै लयमा सरकारलाई आग्रह र सुझाव दिएका छन्। 

युएसएस निमित्ज र युएसएस रेगन क्यारियर स्ट्राइक ग्रुपले सो क्षेत्रमा सोमबारदेखि दुईतिरबाट उपस्थिति जनाएको भनिएको छ। 

अमेरिकी नौसेनाद्वारा जारी विज्ञप्तिमा हवाई रक्षा क्षमता अभिवृद्धि गर्न यो सामरिक अभ्यास थालिएको र जहाजमा राखिएका लडाकु विमानबाट लामो दुरीसम्म समुद्रबाटै सटिक हमला गर्ने अवस्था बनाइएको उल्लेख छ। 

यसअघि सन् २००१ र २०१४ मा अमेरिकी लडाकु विमानवाहक जहाज दक्षिण चीन सागर क्षेत्रमा पुगेको थियो।

केही साताअघि यो क्षेत्रको पारासेल द्विप समूहमा चिनियाँ जनमुक्ति सेना (पीएलए) ले पाँच दिनसम्म सैन्य अभ्यास गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.