|

तनहुँ :  तनहुँ जिल्ला कारागारमा  भिडियो कन्फरेन्स सेवा शुरु भएको छ। भिडियो कन्फरेन्सबाटै पेसी गरी सोधपुछ गरेर सोमबार एक थुनुवा छुटेका छन्। नकावजन्य चोरी मुद्दाका  थुनुवा भिडियो कन्फरेन्स मार्फत फैसला भई कैद मुक्त भएका हुन्।

उक्त मुद्दा काथुनुवा ऋषिङ गाउँपालिका–४ का रामबहादुर विक २०७५ पौष २७ गतेदेखि पुर्पक्षको लागि कारागारमा रहदै आएकोमा उनलाई कन्फरेन्स मार्फत् अदालतले सफाई दिएको जिल्ला कारागार तनहुँका निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए। 

तनहुँ जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको एकल इजलासले विकलाई कन्फरेन्सबाट फैसला सुनाएको हो। भिडियो कन्फरेन्सबाट पेसी हुने भएपछि अदालत पुग्नुपर्ने बाध्यता हटेको छ। 

उनका अनुसार विकलाई उक्त मुद्दामा एक वर्ष तीन महिना कैद तोकिएको थियो। उनले कैद र जरिवाना वापतको समय समेत भुक्तान गरिसकेको अधिकारीले बताए। भिडियो कन्फरेन्स सेवा सुरु भएसँगै पेसीका लागि कैदीबन्दी स्वयम् अदालत जानुपर्ने बाध्यता नहुने उनले बताए ।

‘अदालतबाट हुने पेसी यहीबाट भिडियो कन्फरेन्सबाट गरिन्छ र हरेक मुद्धाको फैसला हुन्छ, अदालत लैजाँदा हुने जोखिमको अन्त्य भएको छ,’ उनले भने। भिडियो कन्फरेन्सबाट हुने भएपछि कोभिड १९को संक्रमणको जोखिम समेत नहुने अधिकारीले बताए। 

‘जिल्लामा भिडियो कन्फरेन्स सेवा शुरु भएसँगै सवारीसाधन, सुरक्षाकर्मीको व्यवस्थापन, अदालतसम्म पु¥याउनुपर्ने झन्झट हटेको छ, एक त अहिले कोभिड १९को संक्रमणले जोखिमको अवस्थामा सुरक्षीत समेत बनाएको छ,’ निमित्त जेलर अधिकारीले भने। जिल्लामा भिडियो कन्फरेन्स शुरु भएपछि थुनुवा वा कैदीलाई अदालतसम्म पु¥याउनुपर्ने झन्झटिलो र जोखिमको कार्यबाट सुरक्षीत समेत भएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.