|

गुल्मी : १८ गते राती चलेको पहिरोमा बेपत्ता भएका मुसिकोट-२ का ५५ वर्षीय भागीरथ घिमिरे अझैसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

नगरपालिकाको हाँडीखोलामा आएको पहिरोमा उनी  बेपत्ता भएको र खोजी कार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए।

खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

इश्मा र मुसिकोटको पहिरोमा परि करिब २०० घरपरिवार विस्थापित भएकाले उनीहरुलाई स्थानीय विद्यालयमा व्यवस्थापन गरिएको र अन्य विकल्पबारे छलफल भइरहेको शर्माले जानकारी दिए। 

सोही दिन इश्मा गाउँपालिकाको वडा नं १ हस्तिचौरको  मल्दीमा गएको पहिरोमा परी १८ महिने बालक सुरज सारु र ७ वर्षीया अपेक्षा खत्रीको मृत्यु भएको थियो। पहिरोमा परी घाइते भएका ५ जनाको  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर काठमाण्डौ लगिएको थियो। गत वर्ष साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण १३ जनाले ज्यान गुमाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.