|

चितवन : नारायणी लिफ्ट सिँचाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ। पश्चिम चितवनको जमिन सिँचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस 'ए'बाट आज पानी छाडिएको हो। 

नारायणी लिफ्ट सिँचाइ खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ। पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ। 

पानी छोडिएपछि अहिले वि र सि नगरबाट पानी पठाइएको छ। वि नहरबाट दुई हजार ४०० हेक्टर र सि नहरबाट दुई हजार ३०० हेक्टर क्षेत्रफल सिँचाइ हुने गरेको छ। नारायणी लिफ्टमा अहिले चारवटा पम्प रहेका छन्। दुईवटा चार क्युमेक र दुई वटा दुई क्युमेकका पम्प रहेका छन्। 

साउन महिनाबाट अर्को ठूलो पम्पसमेत सञ्चालनमा ल्याइने छ। पम्प सञ्चालनमा आएसँगै एक लाख ५० हजार उपभोक्ता लाभान्वित हुने नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले जानकारी दिए। उनका अनुसार आजदेखि कात्तिकको पहिलो सातासम्म पानी छोडिने छ। पानी छोड्नुअघि पम्पमा परम्पराअनुसार पूजाआजासमेत गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.