|

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

अस्पतालमा भर्ना भएर बसेका सात जना विरामीको पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) स्रोतले कोरोना संक्रमण भएको पुष्टि गरेको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ।

यता अस्पतालमा भर्ना भएका बिरामीमा भाइरस संक्रमण देखिए हाल ती संक्रमित बिरामीलाई सरकारले तोकेको केभिड अस्पतालमा आइसोलेसनमा उपचारको लागि पठाउने तयारी भएको गंगालाल अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए। यस्तै संक्रमित बिरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको बताइएको छ।

पछिल्लो समय उपत्यकामा अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीहरूमा संक्रमण बढेको पाइएको छ । सोमबार मात्रै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत ४ जनामा संक्रमण देखिएको छ।

त्यही दिन ललितपुरको स्टार अस्पतालमा २ जना, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक एक जना गरी ४ जना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो। यसअघि

केएमसी सिनामंगल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, नर्भिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतमा पनि भर्ना भएका बिरामी तथा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको थियो ।

पछिल्लो दिनमा उपत्यकामा संक्रमित हुनेको संख्या बढेको छ । सोमबार मात्रै काठमाडौं उपत्यकामा ५४ जनामा संक्रमण देखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.