|

काठमाडौं : पछिल्लो समय देशका अन्य भागमा कोरोना संक्रमित घट्दै गए पनि काठमाडौं उपत्यकामा भने कोरोनाको ग्राफ उकालो लागिरहेको छ। सोमबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ जनामा र मंगलबार २८ जनामा कोरोना देखिएको थियो। त्यस्तै, बुधबार ललितपुर र काठमाडौंमा २३ जना कोरोना संक्रमित थपिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा, पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १० जना,  र ललितपुरका ७ जना संक्रमित थपिएका हुन्।

सोमबार  गृह मन्त्रालयले घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेहरूलाई पक्राउ गरी कानुनअनुसार कारबाही गरिने  जनाएको छ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने जनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.