काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको जटिल विवाद समाधानका लागि दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ता सकिएको हो। पार्टी भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीच गम्भीर छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
'आजका लागि बैठक सकिएको छ। सकारात्मक भएको बुझिएको छ', उनले भने, 'भोलि स्थायी कमिटी बैठक भएकाले आवश्यकता हेरेर त्यो भन्दा अगाडि बस्न सक्छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।