|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीचको वार्ता बालुवाटारमा सकिएको छ। उक्त वार्ताले कुनै निचोड नदिए पनि संवादलाई निरन्तरता दिइने भएको छ।

अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भएको यो छलफललाई निरन्तरता दिएर भोलि स्थायी कमिटी बैठक पनि राखिने भएको छ। अध्यक्ष दाहालका संयोजक विष्णु सापकोटा 'जुगल'का अनुसार दुई अध्यक्षबीच संवाद पनि जारी राख्‍ने र स्थायी कमिटी पनि अगाडि बढाइने भएको छ। 

'दुई अध्यक्षबीचको छलफल सकिएको छ। यो छलफललाई भोलि पनि निरन्तरता दिइनेछ', सापकोटाले भने, 'संवादबाटै अहिलेका विवाद निरुपण गर्ने गरी दुई अध्यक्ष अघि बढ्नु भएको छ।' 

सापकोटाले समस्या समाधानका उपाय खोजीसँगै स्थायी कमिटी बैठकलाई पनि अघि बढाउने गरी दुई अध्यक्ष जुटेका छन्। यसअघि चर्को विवाद भएपछि दुई पटकसम्म स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष संवादमा जुटेका थिए। 

उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच आजको संवाद सकारात्मक भएको बताए। 'छलफल सकारात्मक दिशामै छ', उनले भने, 'भोलि स्थायी कमिटी बैठक पनि बस्‍ने भएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.