|

काठमाडौं : भाडामा बसेकालाई घरभाडा छुट दिए काठमाडाैं‌ काठमाडौं महानगरपालिकाले घरबहाल करमा पनि छुट दिने भएकाे छ। 

कोरोना भाइरसको कारण भाडामा बस्नेलाई असर परेकाले महानगरले ०७६/७७ मा बुझाउनुपर्ने घरबहाल करमा छुट दिने जनाएको हाे। महानगरपालिकाको सातौं नगर अधिवेशनले उक्त घोषणा गरेको हो।

वार्षिक घरबहाल करमा १० प्रतिशत छुट दिने भएको बताइएकाे छ। त्यसैगरी, महानगरपालिकाभित्र व्यापार व्यवसाय गरी बस्ने करदाताहरूलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि बजेटमा गरिएको छ।

असार ४ गते बसेको नगर सभा सातौँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो। असार १० गतेको नगर सभा अधिवेशनको दोस्रो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिकाको आगामी आर्थिक ०७७/७८ को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सभासमक्ष पेस गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.