समाज : सुरक्षा/अपराध

३ कराेडभन्दा बढी भ्रष्टाचार गरेकाे आराेपमा इन्जिनियरविरुद्ध मुद्दा

असार २३, २०७७

    काठमाडाैं : गैरकानुनी रुपमा ३ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा खानेपानी तथा ढल व्यवस्थापन विभागका एक सिनियर इन्जिनियरविरुद्ध अदालतमा मुद्दा परेको छ। 

    विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगन्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

    २०६३ पुष ५ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ जेठ मसान्तसम्मको अवधिमा मात्र १ करोड ९१ लाख १६ हजार रुपैयाँ मात्र वैध रुपमा आर्जन गरेको देखिएको छ। तर सोही अवधिमा उनको खर्च र लगानीबारे अनुसन्धान गर्दा ५ करोड १ लाख ४३ हजार रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । 

    आयभन्दा बढी खर्च गरेको ३ करोड १० लाख २७ हजार बराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सोही रकम बराबरको बिगो कायम गरी सजाय र सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर गरेको हो। 

    उपाध्यायकी श्रीमती दुर्गालाई समेत प्रतिवादी बनाई आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]