|

काठमाडौं :  कोरोना भाइरसका कारण यति बेला ब्राजिल गम्भीर संकटमा छ। अमेरिकापछि दोस्रो धेरै संक्रमित रहेको ब्राजिलमा राष्ट्रपतिसमेत संक्रमणमा परेका छन्। 

कोरोनाका लक्षण देखिएपछि गरिएको स्वास्थ्य जाँचमा राष्ट्रपति जायर बोल्सोनारोमा कोरोना पुष्टि भएको हो। बोल्सोनारोले अन्तर्वार्ताका क्रममा आफूमा कोरोनाका लक्षण देखिएको बताएका थिए।

लक्षण देखिएपछि गरिएको परीक्षणमा ६५ वर्षीय बोल्सोनारोमा कोरोना देखिएको हो। यसअघि स्वास्थ्य जाँचका क्रममा उनको तापक्रम ३८ डिग्री र  रगतमा अक्सिजन लेभल ९६ प्रतिशत पाइएको थियो। 

बीबीसीका अनुसार कोरोना पुष्टि भएपछि उनले आफ्ना सबै बैठकहरू रद्द गरिदिएका छन्। अहिले उनले हाइड्रोक्सीक्लोरोक्वीन लिइरहेका छन्। उनले दुई दिनअघि आफ्नो कोरोना परीक्षण गराएका थिए। तर उनले त्यसपछि आफू स्वस्थ रहेको दाबी गरेका थिए।

ब्राजिलमा हालसम्म १६ लाख ४३ हजार ५३९ जना कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ कोरोनाबाट ६६ हजार ९३ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकापछि धेरै संक्रमित र धेरै ज्यान गुमाउने दोस्रो नम्बरमा ब्राजिल रहेको छ। त्यसपछि संक्रमित धेरै हुने तेस्रो मुलुक नेपालको छिमेकी भारत हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.