|
फाइल फाेटाे

काठमाडौं : कोरोना भाइरसको महामारीले विभिन्न देशमा रोजगार गुमाएर अलपत्र परेका तथा स्वदेश फर्कन चाहाने ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन्। 

आज विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत, कतार लगायतका देशबाट ९ सय ६३ जनालाई ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।  नेपाल एयरलाइन्सको जहाजबाट युएईको दुबईबाट आज विहानै १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन्।

नेपाल एयरलाइन्सकै अर्को जहाजले कतारबाट १ सय ५० जना लाई ल्याएको छ। यसैगरी हिमालय एयरलाइन्सका जहाजले कतारबाट विहान ९ बजे तथा मलेसियाबाट दिउँसो साढे १२ बजे समान १५४/१५४ जना नेपालीलाई काठमाडौं ल्याइपु¥याउने छ। 

आजै दिउँसो २ बजे मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १ सय ७८ जना तथा कतार एयरवेजको विमानले कतारबाट १ सय ७७ जना नेपाली लिएर दिउँसो सवा १ बजे काठमाडौं आइपुग्ने विभानस्थल कार्यालयले जनाएको छ। हिजो विभिन्न देशबाट १ हजार ३ सय ३० जना नेपाली स्वदेश फर्किएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.