|

काठमाडौं :  सुनकाे भाउ फेरि बढेको छ। हिजो ७ सयले बढेको सुन आज फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ। 

हिजाे ९० हजार नाै सयमा कारोबार भएकाे सुन ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ।

त्यस्तै तेजावी सुन पनि ९१ हजार नाघेको छ। आज ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेकाे छ।  यसैगरी, चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भइरहेकाे छ। यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.