|

धादिङ : धुनीबेंसी नगरपालिका–९ रानीपौवामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका–३ काठमाडौंका ३० वर्षीय महेश श्रेष्ठको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  रुपक खड्काले जानकारी दिए।

घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ।  शव परीक्षण गर्न काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.