|

काठमाडौं : दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरू बन्द भएपछि सम्पूर्ण प्रकृया पूरा भए पनि कोरिया जान नपाएकाहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन्।

दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजार बढीको रोजगारी गुम्ने खतरा रहेको प्रदर्शनकारीको भनाइ छ। 

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहिनेत खेर जाने,डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी भएका रामहरि देवकोटा बताउँछन्।  

सरकारले आफ्ना मागहरू पूरा नगरे पूर्णरूपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनीहरूको भनाइ छ।  सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरूले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर’, गरिखान दे सरकार, ‘उडान खोली जान दे सरकार’, भन्दै नारा लगाएका थिए।

हेर्नुहोस् फोटो 

 

.

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.