|

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले सरकारलाई टयाक्सी सञ्चालन गर्न दिन निर्देशन दिएको छ। सार्वजनिक यातायात सञ्चालनका विषयमा आज विकास तथा प्रविधि समितिमा भएको सरोकारवालाहरू सँगको छलफलपछि उक्त निर्देशन दिइएको हो।

‘विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड, कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले तय गरेको मापदण्ड पूरा गरी सार्वजनिक सवारीसाधनका रूपमा रहेको ट्याक्सी सञ्चालन गर्न दिनू’ समितिको निर्देशनमा उल्लेख छ।

कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन आदेशका कारण ३ महिनाभन्दा बढी समयदेखि ट्याक्सी सञ्चालन हुन सकेका छैनन्। लकडाउन केही खुकुलो भएको अवस्थामा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीहरूले गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.