|

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच भ्रातृ संगठनले नेतृत्वलाई ज्ञापन पत्र पठाएको छ। ‘फुटवादीहरु होसियार,’ ‘पार्टी एकता जिन्दावाद’ जस्ता नारासहित पार्टीभित्रको अन्तरकलह अन्त्य गर्न र पार्टी विभाजनतर्फ अघि बढ्न नदिन माग गरेका हुन्। 

बुधबार राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल नेपाल महिला संघ, अखिल नेपाल टे«ड युनियन महासंघ र अखिल नेपाल किसान संघले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो।

नेकपा निकटका पाँच भ्रातृ संगठनले संयुक्त रुपमा नेकपा काभ्रेका सचिव टोक बहादुर वाइबा र अध्यक्ष रुकु चौलागाईंलाई केन्द्रीय पार्टी कार्यालय, धुमबाराहीमा पुर्‍याउने गरी ज्ञापनपत्र बुझाएको थियो।

पार्टी विभाजन स्वीकार्य नभएको भन्दै विभाजनमा नलाग्न नेतृत्वलाई खबरदारी गर्न ज्ञापनपत्र बुझाइएको उनीहरुले बताए। पछिल्लो समय सिर्जित विवादले सम्पूर्ण पार्टी कार्यकर्ता, सदस्य, शुभचिन्तक तथा पार्टीका आम जीवन नै संकटपूर्ण अवस्थामा पुगेको उनीहरुको भनाइ छ।

जिल्लाको बनेपास्थित रहेको जिल्ला पार्टी कार्यालयमा एक सय भन्दा बढी संख्यामा पुगेका उनीहरुले साँझ ५ः३० बजे सचिव र अध्यक्षलाई ज्ञपा पत्र बुझाएका थिए। उनीहरुले ‘पार्टी एकता जिन्दावाद’, ‘फुटवादीहरु होसियार’, ‘पाटी, बैठक, मन बाझाबाझ गर, बाहिर तमासा बन्द गर’, ‘व्यक्ति होइन, नीतिप्रधान पार्टी निमार्ण गरौं’ लगायतका प्लेकार्डमा बोकेर मौन प्रदर्शनसमेत गरेका थिए 

शीर्ष नेताबीच बेमेल हुनु दुःखद : अध्यक्ष चौलागाईं 

नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईंले अध्यक्षद्वय लगायतका पार्टीका शीर्ष नेताबीच बेमेल हुनु दुःखद भएको बताए। उनले भ्रातृ संगठनले बुझाएको ज्ञापन पत्र लिदै सो कुरा बताएका हुन्। 

त्यस्तै नेकपा काभ्रेका सचिव तथा मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाले पार्टी विभाजनबाट जोगाउन जिल्ला कमिटीको तर्फबाट आफुहरुले पनि दबाब स्वरुप पहल गरिरहेको बताए। सचिव वाइबा र अध्यक्ष चौलागाईंले ज्ञापन पत्र केन्द्रीय पार्टी कार्यालय, धुमबाराहीमा पुुर्‍याउने प्रतिबाद्धतसमेत गरेका छन्। 
के छ ज्ञापन पत्रमा ?
नेकपा पाँच भातृ संगठनले बुझाएको ज्ञापन पत्रमा पार्टीको पछिल्लो घटनाक्रमसँगै विवादले जनतामाझ पार्टी संकटपूर्ण अवस्था पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ। विभाजनमा नलाग्न नेतृत्वलाई खबरदारी गर्दै उनीहरुले तमासा बन्द गर्न जिल्लाका भ्रातृ संगठनको माग शीर्ष नेताहरु समक्ष पुर्‍याउन जिल्लाका अध्यक्ष र सचिव लगायतका नेताहरुलाई सुझाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.