|
सांकेतिक तस्बिर ।

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको भन्दै २१ जनालाई कारबाही गरेको छ।

कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन हरेक व्यक्तिले घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम जारी गरिएपनि बजारमा मास्क नलगाई हिँडेको भेटेपछि उनीहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।

नियन्त्रणमा लिइएकाहरूमा मास्क प्रयोग नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दुरी कायम नगरेकाहरूसमेत रहेको हमालले जानकारी दिए। नियन्त्रणमा लिइएकाहरूलाई संक्रामक रोग ऐन, २०२० अनुसार जिल्ला प्रशासन कार्यालयमा बुझाइएकामा कारबाही स्वरूप जनही १०० रुपैयाँका दरले जरिवाना गरेर छाडिएको छ।

कोरोना सङ्क्रमणको थप जोखिम बढ्दै गएपछि सतर्कताका लागि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी इकाई मार्फत माइकिङ र सम्झाई-बुझाई गर्दै आएको, तर २१ जनाले प्रहरीलाई अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको डिएसपी हमालको भनाई छ।

कास्की प्रहरीका अनुसार जिल्लावासीलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, न्यूनतम सामाजिक दुरी कायम गर्न र अनावश्यक जमघट नगर्न समेत अनुरोध गरिएको छ। प्रहरीको अनुरोध नमान्ने तथा गृहको आदेश उल्लङ्घन गर्ने जो-कोहीलाई पनि संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही प्रहरीले जानकारी दिएको छ।

गृह मन्त्रालयले मङ्गलबार मात्रै प्रहरी प्रधान कार्यालयलाई मास्क नलगाई हिँडडुल गर्नेमाथि कारबाहीका लागि निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.