|

काठमाडौं : अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बु नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढीका कारण ५ जना बेपत्ता भएका छन्।   

अरनिको राजमार्गको खाकदलदेखि माथि दर्जनौं स्थानमा अरनिको राजमार्ग अवरुद्ध भएकाले उद्दारका लागि सेना तथा प्रहरीलाई घटना स्थल पुग्न कठिनाइ भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता माधव काफ्लेले जानकारी दिए। 

वर्षाका कारण स्थानीय ठाडोखोलाहरुबाट आएको बाढीका कारण भोटेकोशी नदीको बहाव अत्याधिक बढेकाले  आसपासका बजारमा सचेत र सुरक्षित रहन आग्रह गरिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.