|

काठमाडौं :  सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मानिस बाढीले बगाउँदा वेपत्ता भएका छन्। बाह्रबिसे नगरपालिका–५ को जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो सो स्थानमा केही मानिस बेपत्ता समेत भएका छन्।

स्थानीय दिपेश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ।  उनले भने गातीका १४ घरका १८ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ। मृत्यु हुनेमा निकेश बस्नेत र उनको छोरीको शव भेटिएको श्रेष्ठले बताए। बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनको भनाइ छ। 

फोटो : सामाजिक सञ्जाल

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.