संक्रमित संख्या १ करोड २० लाख नाघ्यो , ५ लाख ४८ हजारको मृत्यु

|

कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २० लाख ९ हजार ३०१ जना पुगेको छ। संक्रमितमध्ये ५ लाख ४८ हजार ८२२ जनाको ज्यान गएको छ। 

महामारीबाट सबैभन्दा खराब अवस्था भोगिरहेको अमेरिकामा संक्रमितसंख्या ३० लाख नाघेको छ। हालसम्म त्यहाँ ३० लाख ५३ हजार ३२८ जना संक्रमित भेटिएका छन् छन् भने १ लाख ३२ हजार २७७ जनाको ज्यान गएको छ। 

ब्राजिलमा १७ लाख १३ हजार १६० जना संक्रमित भेटिएका छन्। यी मध्ये ६७ हजार ९६४ जनाले ज्यान गुमाएका छन्। 

भारत जारी महामारीबाट अति प्रभावित मुलुकको सूचीको तेस्रो स्थानमा छ। त्यहाँ ७ लाख ४२ हजार ४१७ जना संक्रमित फेला परेका छन्। मानवीय हताहतीको संख्या २० हजार ६४२ पुगेको छ। 

भारतपछि रुसमा धेरै संक्रमित भेटिएका छन्। त्यहाँ ६ लाख ९९ हजार ७४९ संक्रमित भेटिएकामा १० हजार ६५० जनाले ज्यान गुमाएका छन्। 

दक्षिण अमेरिकी मुलुक पेरु र चिलीले कोरोनाबाट अति प्रभावित मुलुक बेलायतको रेकर्ड तोडेका छन्। पेरूमा ३ लाख १२ हजार ९११ जना संक्रमित भेटिएका छन्। त्यहाँ ११ हजार १३३ जना संक्रमितले ज्यान गुमाएका छन्। 

यस्तै, चिलीमा ३ लाख ३ हजार ८३ जना संक्रमित पहिचान गरिएकोमा ती मध्ये ६ हजार ५७३ जनाको मृत्यु भैसकेको छ। 

बेलायत सरकारले अगष्ट महिनापछि रेस्टूराँहरुमा खाना खाने मानिसलाई ५० प्रतिशत छुट दिने योजना बनाएको छ। मुलुकको सेवा क्षेत्रलाई महामारीको चपेटाबाट बाहिर ल्याउन छुट प्रस्ताव गरिएको हो। 

अस्ट्रेलियाले मेलबर्नमा फेरि लकडाउन घोषणा गरेको छ। संक्रमित संख्या बढेपछि त्यहाँ दोस्रोपटक लकडाउन लगाइएको हो। 

नयाँ आदेशअनुसार मेलबर्नका करिब ५० लाख मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। प्रहरीहरूले शहरको चारैतिर घेराबन्दी गरिदिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.